आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा लगानीकर्ता छैनन् विश्वस्त, २० अंकको गिरावट

आइतबार, भदौ १० २०८०
निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा लगानीकर्ता छैनन् विश्वस्त, २० अंकको गिरावट

काठमाडौं- गएको साता दुई दिनमात्र हरियाली देखिएको सेयर बजारमा यो साता पनि पहिलो कारोबार नै ओरालोतिर लागेको छ। गएको साता समग्रमा १९.२८ अंकले घटेको बजार अझै उतारचढावमा नै रहने देखिएको छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 

आइतबार २०.५४ अंकले घटेर बजार १९९३.३८ बिन्दुमा पुगेको छ। २८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ। 

सुधारको संकेत गरेको बजार बजार लामो समयदेखि केही दिनको सामान्य वृद्धि र लगातार घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्।

गएको साता आइतबार २१.९९ अंकले घटेको बजार सोमबार पनि १२.९३ अंकले घटेको थियो। मंगलबार १७.६९ अंकले र बुधबार २९.४७ अंकले बढेको बजार बिहीबार पुन: ३१.५२ अंकले घटेको थियो। 


प्रकाशित : आइतबार, भदौ १० २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend