सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १० २०८०
images
१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ। ८ अर्ब रुपैयाँको २८ दिने ट्रेजरी बिल र ७ अर्ब १३ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल नवीकरणका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो।

images
images
images

नवीकरणका लागि भदौ ११ गतेसम्ममा आवेदन दिनुपर्ने र भदौ १२ गतेबाट ट्रेजरी बिल जारी हुने छ। २८ दिने ट्रेजरी बिल आगामी असोज ९ गते परिपक्व हुने छ भने ९१ दिने ट्रेजरी बिल पुस १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

images
images

भदौ ४ गते  राष्ट्र बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल र २ अर्ब रुपैयाँको ३६४ दिने ट्रेजरी बिल नवीकरण गरेको छ। 

images
images

गएको साता ९१ दिने र ३६४ गरेर राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको छ। जसमध्ये ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ५.८१७ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ६.४३९२ प्रतिशत कायम भएको छ।


प्रकाशित : आइतबार, भदौ १० २०८००८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend