आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १० २०८०
१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ। ८ अर्ब रुपैयाँको २८ दिने ट्रेजरी बिल र ७ अर्ब १३ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल नवीकरणका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो।

नवीकरणका लागि भदौ ११ गतेसम्ममा आवेदन दिनुपर्ने र भदौ १२ गतेबाट ट्रेजरी बिल जारी हुने छ। २८ दिने ट्रेजरी बिल आगामी असोज ९ गते परिपक्व हुने छ भने ९१ दिने ट्रेजरी बिल पुस १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

भदौ ४ गते  राष्ट्र बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल र २ अर्ब रुपैयाँको ३६४ दिने ट्रेजरी बिल नवीकरण गरेको छ। 

गएको साता ९१ दिने र ३६४ गरेर राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गरेको छ। जसमध्ये ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ५.८१७ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ६.४३९२ प्रतिशत कायम भएको छ।


प्रकाशित : आइतबार, भदौ १० २०८००८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend