शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

images
आइतबार, भदौ १० २०८०
images
images
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत बयान लिइएको थियो। 

images
images

काठमाडौं- ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २ सय ९० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

images
images
images

सरकारी वकिल कार्यालयले आइतबार पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशी, बहालवाला सचिव कृष्णबहादुर राउतलगायत २९० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

images

यस प्रकरणमा प्रतिवादी बनाइएकामध्ये १७ जनालाई अदालतमा उपस्थित गराइएको छ भने बाँकीलाई फरार भनिएको छ।उनीहरुविरुद्ध किर्तेमा मुद्दा दायर गरिएको हो।

images
images
images

यस प्रकरणको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएको मंगलबार सरकारी वकिल कार्यालयलाई राय सुझावसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सीआईबीले २ सय ८४ जनालाई प्रतिवादी बनाएर किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो। तर सरकारी वकिल कार्यालयले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत बयान लिइएको थियो। 


प्रकाशित : आइतबार, भदौ १० २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend