आइतबार, असोज ६ गते २०८१    
images
images

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर अधिकारी

images
आइतबार, भदौ १० २०८०
images
images
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन्।

images
images
images

गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे। 'प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुवात गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको छ', उनले भने।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७:२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुवात गर्दै गभर्नर अधिकारीले बैंक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने बताए। राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैंक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए। उनले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

images

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उनको भनाइ थियो। अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक ४० अर्ब रूपैयाँ राजस्व बुझाउने गरेको र झन्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए। रासस


प्रकाशित : आइतबार, भदौ १० २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend