काठमाडौं- सुपर मादी हाइड्रो पावर कम्पनीले ३१ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आईपीओ जारीको लागि प्रभु क्यापिटललाई व्यवस्थापकमा नियुक्ती गरेको छ।
कास्की जिल्लामा ४४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्विकृत पाएलगत्यै सार्वसाधरणका लागि आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ। जसका लागि सवै तयारी समेत पुरा भएको कम्पनीको भनाई छ।