सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ८ २०८०
images
प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर
images
images

काठमाडौं- प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृमा (सीईओ) मा सञ्जिव मानन्धर नियुक्त भएका छन्। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

images
images
images

नवनियुक्त सीईओ मानन्धरले शुक्रबार सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बैंकको स्थापनासँगै प्राइम कमर्सियल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुप कार्यरत थिए।

images
images

मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनमा समेत रहेर काम गरिसकेका छन्।

images
images


प्रकाशित : शुक्रबार, भदौ ८ २०८०११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend