आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ८ २०८०
राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं- नेपाल राष्ट्र बैंकले पुन: १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ। विकास ऋणपत्र २०८६ 'ज' नाम दिइएको उक्त ऋणपत्र भदौ १० गते बोलकबोल मार्फत बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र भदौ ११ गते निष्कासन हुने राष्ट्र बैंकले जनाएको छ। उक्त ऋणपत्र २०८६ भदौ ११ गते परिपक्व हुने र अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। 

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष हालसम्म तीन पटक विकास ऋणपत्र जारी गरिसकेको छ। यसअघि राष्ट्र बैंकले साउन १८ गते विकास ऋणपत्र, २०८६ 'छ' नामक १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। 

६.५ प्रतिशत भन्दा बढी ब्याजदर तोकिएर आएको बोलकवोललाई राष्ट्र बैंकले अस्वीकृत गर्दै ४ अर्ब १६ करोड मात्रै ऋणपत्र जारी गरेको थियो।

उक्त ऋणपत्रको बाँकी अंश ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र'ट' नाम दिएर साउन ३२ गतेका लागि बिक्री आह्वान गरेको थियो। तर, ब्याजदर महँगो भएपछि राष्ट्र बैंकले उक्त ऋणपत्र बिक्री आव्हान रद्द गरेको थियो। 

यस्तै, साउन २८ गते ८ वर्ष अवधिको विकास ऋणपत्र, २०८८'ख' जारी गरेको थियो। उक्त विकास ऋणपत्र पनि राष्ट्र बैंकले ब्याजदर महँगो भएकै कारण आशिंकरुपमा बिक्री गरेको छ। १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी भएकोमा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको मात्रै ऋणपत्र बिक्री भएको छ। 

राष्ट्र बैंकले ७ प्रतिशतभन्दा माथिको ब्याजदर तोकेर आएको आवेदनलाई राष्ट्र बैंकले खारेज गरिदिएको थियो। 

उक्त दुई ऋणपत्र मार्फत २० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ब्याजदर महँगो भएकै कारण ११ अर्ब ६ करोड मात्रै विकास ऋणपत्र जारी गरेको छ। हाल विकास ऋणपत्रको औषत ब्याजदर ६.८१ प्रतिशत कायम भएको छ।


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend