शुक्रबार, जेठ ४ गते २०८१    
images
images

जीईएफ सम्मेलनमा अर्थमन्त्रीले सुनाए वातावरण संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धि

images
बिहीबार , भदौ ७ २०८०
images
images
जीईएफ सम्मेलनमा अर्थमन्त्रीले सुनाए वातावरण संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धि

अर्थमन्त्री प्रकाशशरण महतले जीईएफको ७औँ विश्व सम्मेलनमा मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायको जोखिम बीमा तथा स्वरोजगार एवं आयआर्जनका लागि सहयोग गर्न आग्रहसमेत गरे।

images
images

क्यानाडा- अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार आयोजित ग्लोबल इन्भायरमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका छन्।

images
images
images

क्यानडाको भ्यानकुभरमा आयोजित उक्त सम्मेलन तथा द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको चर्चा गरे। 

images

नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झन्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झन्डै दोब्बर वृद्धि भएको अर्थमन्त्री महतले जानकारी गराए।

images
images

साथै नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोतसाधन खर्च गर्नुपरेको समेत उनले उल्लेख गरेका थिए।

images
images

मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणका लागि सडकलगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणका साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बीमा तथा स्वरोजगार एवं आयआर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रहसमेत गरे।

सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल भएको हो।

अर्थमन्त्री महतले नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उल्लेख गरेका थिए। वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए।

जीईएफको ७औँ विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागीता रहेको छ। सम्मेलनको समापन अगष्ट २५ मा हुनेछ।


प्रकाशित : बिहीबार , भदौ ७ २०८००६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend