आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चितवनका दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

images
बिहीबार , भदौ ७ २०८०
images
चितवनका दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

मापदण्डविपरीत सञ्चालित ती दुई कम्पनीलाई नगद २० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको छ।

images
images

चितवन- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। भरतपुर महानगरपालिका-४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका-९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो।

images
images
images

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए। उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो। दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए।

images
images

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो। यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो। चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

images
images

यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ।

८५ पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए। चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए। रासस


प्रकाशित : बिहीबार , भदौ ७ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend