आइतबार, असोज ६ गते २०८१    
images
images

मर्मतका लागि बजेट छैन, जीर्ण भयो उत्तरपानी प्राविधिक शिक्षालय 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ७ २०८०
images
images
मर्मतका लागि बजेट छैन, जीर्ण भयो उत्तरपानी प्राविधिक शिक्षालय 

यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो। वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन्।

images
images

धनकुटा- मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका-१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ।

images
images
images

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि-डिप्लोमाको अध्यापन हुँदै आएको छ। जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो। तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन्। यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन्।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए। मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनको भनाइ छ। 'भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ', कोइरालाले भने, 'लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ।'

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए। शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब चार करोड रूपैयाँ जति खर्च लाग्ने प्रचार्य कोइराला बताउँछन्।

images

वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन्। सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन्। यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो। 

पछिल्लो समयमा स्थानीय तहहरुमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , भदौ ७ २०८००४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend