आइतबार, असोज ६ गते २०८१    
images
images

प्रसारण लाइनको पूर्वतयारी तीव्र पार्दै एमसीए नेपाल, धादिङमा अघि बढ्यो जग्गा अधिग्रहण प्रक्रिया

images
बिहीबार , भदौ ७ २०८०
images
images
प्रसारण लाइनको पूर्वतयारी तीव्र पार्दै एमसीए नेपाल, धादिङमा अघि बढ्यो जग्गा अधिग्रहण प्रक्रिया

तोकिएको म्याद भित्र निवेदन नदिइ म्याद गुजारेमा कानून बमोजिम हुने सूचनामा उल्लेख छ। अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो। 

images
images

काठमाडौं-  एमसीए नेपालले प्रसारण लाइन निर्माणको पूर्व तयारीलाई तीव्र बनाएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत बन्ने प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो। 

images
images
images

प्रसारण लाइन पर्ने क्षेत्रमा जग्गा अधिकग्रहणको सूचना प्रकाशित भइरहेको छ। पाल्पा, नवलपरासी, मकवानपुर र धादिङ जिल्लामा पर्ने जग्गा अधिग्रहणको सूचना प्रकाशित भएको छ। 

एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो।

४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातामाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातमाटे सबस्टेसनदेखि नयाँ दमौली खण्ड अन्तर्गत पर्ने धादिङ जिल्लाको निलकण्ठ, गल्छी, थाक्रे, सिद्धलेक, गजुरी र वेनिघाट रोराङमा पर्ने जग्गा अधिकग्रहणका लागि सूचना प्रकाशित भएको हो। 

images

जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

साथै जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सूचनामा उल्लेख छ। 

तोकिएको म्याद भित्र निवेदन नदिइ म्याद गुजारेमा कानून बमोजिम हुने सूचनामा उल्लेख छ। अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो। 

एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नति हुनेछ। त्यसका लागि जग्गा प्राप्ति, रूख कटान तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थाहरू सम्बन्धी काम भइरहेका छन्। 

२०२३ को अगस्टमा एमसीसीका निर्माण काम सुरु गरेर पाँच वर्ष (सन् २०२८ को अगस्ट महिना) भित्र ती सबै सम्पन्न गर्ने लक्ष्य छ।


प्रकाशित : बिहीबार , भदौ ७ २०८००३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend