आइतबार, असोज ६ गते २०८१    
images
images

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

images
बुधबार, भदौ ६ २०८०
images
images
सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनियाँ, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुन्छ। कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ।

images
images

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ।

images
images
images

सडक नियमित रुपमा पहिरोका कारण सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयात समेत प्रभावित बनेको छ। तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् भने तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहज रुपमा पाउनसक्ने वातावरण तयार हुन सकेको छैन।

महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जति मात्रै तरकारी आयात भइरहेको जानकारी दिए। 'सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० क्विन्टल तरकारी पहाडबाट आउथ्यो।' अध्यक्ष साटेनारले भने, 'अहिले सडक अवरुद्ध भएको ठाउँमा मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात पनि कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुनपुग्यो।'

उनका अनुसार महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराको विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पे लगायतका स्थानबाट यहाँ तरकारी आयात हुन्थ्यो। 'सुदूरपश्चिमको पहाडी जिल्लाको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुन्छ।' उनले भने, 'यहाँ लगातारको वर्षाका कारण स्थानीय किसानले लगाएको तरकारीबालीमा समेत क्षति पुगेको छ।'

images

केही समयअघि कैलालीको बुढितोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अस्थायी रुपमा आवागमनका लागि सहजता मिल्ने गरी निर्माण गरिएको छ। तर अझै सो क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले जानकारी दिए।

'ठूला सवारीसाधन चल्न समस्या छैन', सडक निर्माणमा खटिएका खनालले भने, 'पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएका छौँ।'

साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी-जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ। यो मौसममा पहाडी जिल्लाबाट फूलकाउली, मुला, धनियाँ, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुन्छ। कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ। 'वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था आयो', उनले भने, 'उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गर्छ।'

त्यसैगरी फलफुल व्यवसायी संघ कैलालीका अध्यक्ष हरि भट्टले पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए। 'पहाडबाट दैनिक ५० क्विन्टल भन्दा बढी तरकारी आयात हुन्थ्यो', उनले भने, 'सडक अवरुद्ध भएका बेला किसानको तरकारी बाटोमै कुहिने स्थिति पनि यो पाली आयो।'

उनले सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको बताए। यहाँ स्थानीय उत्पादनले बजारमा तरकारी पाइरहेको बताउँदै पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात गर्नुपरेको बताए। डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए। 'मेरो वडामा मात्रै ५० प्रतिशत किसान तरकारी उत्पादनमा छन्', उनले भने, 'सिजनमा यहाँ फलेको गोलभेँडा भारतको बरेलीसम्म पुग्छ।' रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend