आइतबार, असोज ६ गते २०८१    
images
images

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधन आउने क्रम बढ्दो

images
बुधबार, भदौ ६ २०८०
images
images
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधन आउने क्रम बढ्दो

जसको कारण हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ।

images
images

काटमाडौं- असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन सुरु भएको थियो। त्यसयता हाल सम्म ४९ वटा सवारी साधन सुक्खा बन्दरगाहमा आइसकेका छन्।

images
images
images

नयाँ सवारी साधन आउने क्रम निरन्तर जारी रहेको कार्यालयले जनाएको छ। हाल सम्म सांग्रिला मोटर्स प्रालिको ४४ वटा सिट्रोन कार र जी‍ओ अटोमोवाइल्स प्रालिको ५ वटा डबल क्याब पिकअप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको हो। उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका छन्। आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन्।

यसका साथै अन्य व्यवसायीहरुसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको व्यहोरा जानकारी गराए। चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालबाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रवेश शुल्क नि:शुल्क गर्नुका साथै पार्किड्ग एवं गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ।

images

जसको कारण हालसम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ।

साथै आन्तरिक टर्मिनलमा पनि पार्किड्ग एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या बढ्दो क्रममा रहेको छ। उनले  चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविश्यमा राम्रोसँग चल्ने विश्वास लिइएको छ यसको लागि फास्ट ट्र्‍याक चाँडै सञ्चालनमा आउनु आवश्यक रहेको समेत बताए।


प्रकाशित : बुधबार, भदौ ६ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend