सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

लगातार दोस्रो दिन दोहोरो अंकको सुधार, अब थामिएर अघि बढ्ला सेयर बजार?

images
बुधबार, भदौ ६ २०८०
images
लगातार दोस्रो दिन दोहोरो अंकको सुधार, अब थामिएर अघि बढ्ला सेयर बजार?
images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको सुधार देखिएको छ।यसले सुधारको संकेत गरे पनि बजार लामो समयदेखि एक दिनको सामान्य वृद्धि र लगातार केही दिन घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। 

images
images
images

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको थियो। दुई दिनको बजार उकालो लाग्नाले अब सम्हालिने अनुमान भइरहेका छन्।

images
images

मंगलबार १७.६९ अंकले बढेर बजार २०१५.९८ बिन्दुमा पुगेको बजार बुधबार २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ। २०४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ। २० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता आइतबार २१.९९ अंकले घटेर बजार २०११.१४ बिन्दुमा झरेको थियो। सोमबार १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा झरेको थियो।  

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा साथ नमिल्दा बजार घट्न पुगेको विश्लेषण भइरहेका छन्। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। 

अब केही दिन पनि यस्तै आइरह्यो भने राम्ररी नै सुधार हुने र बजार पुन: २५०० को बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। गएको केही समययता उतारचढावबाट अहिले बजार बाहिर निस्किन खोजिरहेको विश्लेषकहरूको भनाइ छ। दुई दिन बजारमा देखिएको सुधारपछि अब लगानीकर्ताले सोच पुर्‍याएर निर्णय गर्दा अबको उच्च बिन्दुको यात्राले फाइदा मिल्नसक्ने विश्लेषण भइरहेका छन्। 


प्रकाशित : बुधबार, भदौ ६ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend