आइतबार, असोज ६ गते २०८१    
images
images

आर्थिक वर्षको पहिलो महिनामै २ अर्बले घट्यो आयात 

images
बुधबार, भदौ ६ २०८०
images
images
आर्थिक वर्षको पहिलो महिनामै २ अर्बले घट्यो आयात 

अघिल्लो आर्थिक वर्ष वस्तु व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रहेकोमा चालु आर्थिक वर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत आर्थिक वर्षको तुलनामा २ अर्ब अर्थात १.५६ प्रतिशतले आयात घटेको छ। गत आर्थिक वर्षको साउनमा १ खर्ब ३१ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु आर्थिक वर्ष सोही अवधिमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात भएको छ।

images
images
images

आयातसँगै निर्यात पनि यस अवधिमा ८.५६ प्रतिशतको संकुचन भएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा निर्यात १४ अर्ब ८१ करोड भएकोमा चालु आर्थिक वर्षको यसै अविधमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ।

यस अवधिमा व्यापार घाटा ०.६६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष वस्तु व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रहेकोमा चालु आर्थिक वर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ।

यस अवधिमा आयात निर्यात अनुपात भने गत आर्थिक वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको यस अवधिमा आयात निर्यात अनुपात ८.८६ गुणा रहेकोमा चालु आर्थिक वर्ष ९.६६ गुणा पुगेको छ।

images


प्रकाशित : बुधबार, भदौ ६ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend