आइतबार, असोज ६ गते २०८१    
images
images

सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

images
बुधबार, भदौ ६ २०८०
images
images
सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ।

images
images

काठमाडौं- सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ।

images
images
images

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ।

२०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल आफ्नो चुक्ता पुँजी ६० करोड पुर्‍याइ सम्पूर्ण ग्राहकवर्गमा उच्चतम सेवा सुविधा दिँदै आएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले अब थप जिम्मेवार बन्दै सेवा प्रवाह गर्ने बताए। उनले भने, 'पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ। अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण सेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ।'

images

कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले बताए।


प्रकाशित : बुधबार, भदौ ६ २०८००८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend