शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

कागबेनी बाढीबाट करिब एक अर्बको क्षति, व्यक्तिगत घरमा नै ५२ करोडभन्दा बढी क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ६ २०८०
images
images
कागबेनी बाढीबाट करिब एक अर्बको क्षति, व्यक्तिगत घरमा नै ५२ करोडभन्दा बढी क्षति

कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन्।

images
images

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागखोलामा आएको बाढीले करिब एक अर्ब रूपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरिएको छ। 

images
images
images

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा संकलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब रूपैयाँको क्षत्ति पुर्‍याएकोे जनाएको छ। भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदूर, कार्यालय र संघ/संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए। 

images

'नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ', उनले भने, 'सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति भएको छ।'

images
images
images

उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ। २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रुपमा क्षति भएको छ। ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र एक वटा घोडा मरेका छन्। 

उन्नाइस वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ। उन्नाइस जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको रु तीन करोड नौ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ। बाह्र वटा सरकारी तथा सामुदायिक संरचनामा चार करोड ८० लाख ६० हजार क्षति भएको गाउँपालिकाले जनाएको छ। 

अठार जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ। दुई सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ। साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो। कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको एक करोड ६५ लाख सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। 

माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ। कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन्। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend