आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार घटिरहेको सेयर बजारमा दोहोरो अंकको सुधार, पुन: २००० बिन्दुमाथि

मंगलबार, भदौ ५ २०८०
लगातार घटिरहेको सेयर बजारमा दोहोरो अंकको सुधार, पुन: २००० बिन्दुमाथि

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागिरहेको सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ।

यसले सुधारको संकेत गरे पनि बजार लामो समयदेखि एक दिनको सामान्य वृद्धि र लगातार केही दिन घट्ने भइरहेको छ। जसले बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। 

मंगलबार १७.६९ अंकले बढेर बजार २०१५.९८ बिन्दुमा पुगेको छ। १८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ३३ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। ४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार २१.९९ अंकले घटेर बजार २०११.१४ बिन्दुमा झरेको थियो। सोमबार १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा झरेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। 


प्रकाशित : मंगलबार, भदौ ५ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend