आइतबार, असोज ६ गते २०८१    
images
images

बैंकक-काठमाडौं उडान पुन: सुरू गर्दै थाई एयरवेज, सोसाइटी इन्टरनेसनलले पायो जीएसए

images
सोमबार, भदौ ४ २०८०
images
images
बैंकक-काठमाडौं उडान पुन: सुरू गर्दै थाई एयरवेज, सोसाइटी इन्टरनेसनलले पायो जीएसए

सोसाइटीले थाइ एयरवेजको बुकिङदेखि बजारीकरणसम्मको सबै काम गर्नेगरि सम्झौता गरेको छ। 

images
images

काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय उड्डयनमा लामो इतिहास भएको थाई एयरवेजले फेरि काठमाडौं उडान सुरू गर्ने भएको छ। 

images
images
images

कोरोना महामारीसँगै बैंकक-काठमाडौं नियमित उडान बन्द गरेको थाई एयरवेजले कात्तिकदेखि उडान सुरू गर्ने भएको छ। थाईले काठमाडौंमा उडान सुरू गर्नका लागि सबै तयारी पूरा गरिसकेको छ। 

थाईले काठमाडौं उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसलाई नेपालका लागि जीएसए नियुक्त गरेको छ। थाई एयरवेजकै अर्को कम्पनी थाई स्माइलले भने अहिले बैंकक-काठमाडौं उडान गरिरहेको छ। यसको जीएसए पनि सोसाइटी नै रहेको छ। 

सोसाइटीले थाई एयरवेजको बुकिङदेखि बजारीकरणसम्मको सबै काम गर्नेगरि सम्झौता गरेको छ। 

images

थाईले सन् १९६८ मै काठमाडौं उडान सुरू गरेको थियो। नेपाली बजारका लागि विरासत बोकेको थाईकै उडान फेरि सुरू हुन लागेको र यसबाट आइकनिक सेवाको लाभ लिन पाउने थाई एयरवेज इन्टरनेसनलका प्रमुख बजार अधिकृत कोराकोट छातेसिंघाले बताएका छन्। 

काठमाडौंदेखि बैंककसम्ममात्र नभएर नेपाली यात्रुका लागि बैंकक हुँदै अष्ट्रेलिया, जापान, कोरियाको सेवा पनि दिने उनले बताएका छन्। संसारका विभिन्न देश र सहरसँग जोड्नका लागि थाई एयरवेजको सेवा फेरि हाजिर भएको उनको भनाइ छ। 

नेपाली परिवारका लागि वैदेशिक भ्रमण गन्तव्यका रूपमा बैंकक सबैभन्दा लोकप्रिय रहेको र त्यसमाथि गर्विलो इतिहास रहेको थाई एयरवेजको सेवाले गर्दा थप सहज हुने सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसका अध्यक्ष रविचन्द्र सिंहले बताएका छन्। थाई एयरवेजको उडानसँगै नेपालको पर्यटन पनि थप लाभान्वित हुने उनको भनाइ छ।


प्रकाशित : सोमबार, भदौ ४ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend