शुक्रबार, असोज ४ गते २०८१    
images
images

अर्घाखाँची सिमेन्टले मागेकाे ६ वर्षपछि पायो ५ मेगावाट बिजुुली

images
सोमबार, कात्तिक २९ २०७८
images
images
अर्घाखाँची सिमेन्टले मागेकाे ६ वर्षपछि पायो ५ मेगावाट बिजुुली

अर्घाखाँची सिमेन्ट उद्योगले ६ वर्षदेखि १० मेगाावाट बिजुली माग्दै आएको थियो। 

images
images

भैरहवा- अर्घाखाँची सिमेन्ट उद्योगलाई नेपाल विद्युत प्राधिकरणले थप ५ मेगावाट बिजुली दिएको छ। प्राधिकरणले अहिलेकै संरचननाबाट उद्योगलाई थप ५ मेगावाट बिजुली दिएको हो।

images
images
images

अर्घाखाँची सिमेन्टले थप पाँच मेगावाट बिजुली पाएसँगै कुल १५ मेगावाट बिजुली पाएको छ। अर्घाखाँची सिमेन्ट उद्योगले ६ वर्षदेखि १० मेगाावाट बिजुली माग्दै आएको थियो। 

तर प्राधिकरणले बिजुली दिन सकेको थिए। अहिले पनि बिजुली खेर जान थालेपछि प्राधिकरणले १० मेगावाट माग गरे पनि नयाँ संरचना नबन्दासम्मका लागि पुरानै संरचनाबाट ५ मेगावाट बिजुली दिएको हो।

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले प्राधिकरणसँग १० मेगावाट बिजुली मागे पनि तत्काल ५ मेगावाट बिजुली दिएकोे बताए।

images

पछिल्याे समय नेपालबाट बिजुली खेर जान थालेपछि नेपाल विद्दुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगमै धाएर बिजुलीकाे व्यवस्था गराउँदै हिडेका छन्।

आइतबार मात्रै हाेङ्सी सिमेन्टलाई ३० मेगावाट बिजुली दिएकाे थियाे। त्यस्तै जगदम्बा सिमेन्टलाई पनि दिने तयारी गरेकाे छ। अन्य उद्याेगलाई पनि बिजुली जाेड्नका लागि पूर्वाधार खडा गरिदिने प्राधिकरणले जनाउँदै आएकाे छ। 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend