आइतबार, असोज ६ गते २०८१    
images
images

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

images
सोमबार, भदौ ४ २०८०
images
images
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलगायत सीआईबीको हिरासतमा रहेका छन्।

images
images

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

images
images
images

सोमबार जिल्ला अदालत काठमाडौंका  न्यायाधीश दीपक ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

सीआईबीले अनुसन्धान सकेर आजै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने भनिएको थियो। अनुसन्धानको काम नसकिएपछि प्रहरीले म्याद थप गरेको हो।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलगायत सीआईबीको हिरासतमा रहेका छन्।

images

ललिता निवासको जग्गा हिनामिना भएको विषयमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : सोमबार, भदौ ४ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend