आइतबार, असोज ६ गते २०८१    
images
images

हङकङबाट तस्करले ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत

images
सोमबार, भदौ ४ २०८०
images
images
हङकङबाट तस्करले ल्याएको सुनको शुद्धता ९९.९ प्रतिशत

टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ। बरामद गरिएको सुन सुन २४ क्यारेटकै रहेको जनाइएको छ।

images
images

काठमाडौं- तस्करहरुले हङकङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ। हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए।

images
images
images

उनले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको बताए। '९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो', उनले भने।

टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए।

प्राप्त जानकारी अनुसार उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ। बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो। त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो। गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो।

images

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend