आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मिडिया होइन सिम्रिक एयरका अध्यक्षलाई स्पष्टीकरण सोधिएको प्राधिकरणको स्पष्टोक्ति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ४ २०८०
images
मिडिया होइन सिम्रिक एयरका अध्यक्षलाई स्पष्टीकरण सोधिएको प्राधिकरणको स्पष्टोक्ति

थापा प्रकाशक रहेको मिडियाको प्रकाशकको हैसियतमा नसोधिएको  तर उनले आफू प्रकाशक रहेको मिडियाको दुरुपयोग गरी प्राधिकरणले प्रेस स्वतन्त्रता माथि आक्रमण गरेको देखाउन खोजेको प्राधिकरणले आरोप लगाएको छ। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले मिडियाका अध्यक्षलाई स्पष्टीकरण नसोधिएको स्पष्ट पारेको छ। प्राधिकरणले विज्ञप्ति जारी गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षलाई नभइ सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको उल्लेख गरेको छ।

images
images
images

प्राधिकरण ऐन २०५३ मा हवाई उडान सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने दायित्व तथा जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुम्पिएको र पूर्णरुपमा कार्यान्वयन गरी हवाई उडान सुरक्षित बनाउने दायित्व तथा जिम्मेवारी वायुसेवा सञ्चालक संघको अध्यक्ष तथा सिम्रिक एयर प्रालिको अध्यक्षको हैसियतमा रहेका स्वयम रामेश्वर थापाको समेत रहेको प्राधिकरणले उल्लेख गरेको छ।

images
images

‘अन्नपूर्ण मिडिया नेटवर्कका प्रकाशक रहेका थापा स्वतन्त्र मिडियाकर्मी मात्र नभइ वायुसेवा सञ्चालक संघको अध्यक्ष तथा सिम्रिक एयरको अध्यक्षसमेत रहेका हुँदा निजको मिडियामार्फत नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र यसअन्तर्गत बनेको नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (क) एवम् रिक्वायरमेन्ट्स, म्यानुअल तथा अन्य नियामकीय मापदण्डहरुको विपरित धारावाहिकरुपमा प्रकाशित उडान सुरक्षामा गम्भीर असर पर्ने प्रकृतिका विज्ञप्ति/ समाचार/विश्लेषण/टिप्पणी स्वतन्त्र र यर्थाथ परक नभई आफूले सञ्चालन गर्दै आएको सिम्रिक एयर प्रा.लि.ले प्राधिकरणबाट उडान सुरक्षामा भएका निर्णय कार्यान्वय गर्न नपरोस् र उडान सुरक्षालाई ध्यान नदिई मनलाग्दी ढंगले उडान गरी व्यापार गर्न पाइयोस् भन्ने हेतुले आफू प्रकाशक रहेको मिडियामार्फत उडान सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्नेगरी जनतामा भ्रामक र अफवाह फैलाउने कार्य भएकोले सो सम्बन्धमा स्पष्टीकरण सोधिएको हो’, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

images
images

प्राधिकरणबाट मिति २०८०/०५/०१ मा थापालाई सिम्रिक एयरको अध्यक्षको हैसियतमा उडान सुरक्षामा गम्भीर असर पारी प्राधिकरणको काममा बाधा पारेको हुँदा थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को उपदफा २५(२) बमोजिमको कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको प्राधिकरणले जानकारी दिएको छ।

थापा प्रकाशक रहेको मिडियाको प्रकाशकको हैसियतमा नसोधिएको तर उनले आफू प्रकाशक रहेको मिडियाको दुरुपयोग गरी प्राधिकरणले प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको देखाउन खोजेको प्राधिकरणले आरोप लगाएको छ। 


प्रकाशित : सोमबार, भदौ ४ २०८०१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend