आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

सोमबार, भदौ ४ २०८०
दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार

४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ४० करोड ८९ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबारमै ओरालो लागेको सेयर बजार दोस्रो दिन पनि घटेको छ। आइतबार २१.९९ अंकले घटेको बजार सोमबार १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा ओर्लिएको छ।

४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब ४० करोड ८९ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ। १ सय ७१ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 

आइतबार २१.९९ अंकले घटेर २०११.१४ बिन्दुमा बजार पुग्दा १ अर्ब ४४ करोड ७४ लाख रूपैयाँको कारोबार भएको थियो। गएको साता पनि बजारले लय समात्न सकेन। गएको साता दुई कारोबारमा आइतबार र बिहीबार मात्रै बजार बढेको थियो। पहिलो कारोबार वृद्धितर्फ लागेको बजारले त्यसपछि लय समात्न नसक्दा समग्रमा ३२.९ अंकले घटेको थियो। 

लामो समयदेखि लगातार ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताहरु विश्वस्त हुन सकिरहेका छैनन्। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्।

बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। नीतिगत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताका लागि अवस्था सुखद् हुन सकेको छैन।


प्रकाशित : सोमबार, भदौ ४ २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend