आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

६ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

सोमबार, भदौ ४ २०८०
६ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

विगतमा बढी ब्याजदर कायम भएको ट्रेजरी बिलको ब्याजदर समायोजन गर्न ट्रेजरी बिल नवीकरण गर्दा सहयोग पुग्छ। जसले नेपाल सरकारको ब्याज दायित्वको भार कम हुन्छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। यसअघि जारी भइसकेको ९१ दिने ४ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल आगामी मंसिर ५ गते परिपक्व हुने गरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो।

यसअघि उक्त ट्रेजरी बिलको सिरियल नम्बर १६७४ रहेकोमा नवीकरणपछि १६८७ मा रुपान्तरण हुनेछ।

यस्तै, राष्ट्र बैंकले यसअघि नै जारी गरिसकेको २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल पुन: नवीकरण गर्न लागेको छ। उक्त ट्रेजरी बिल आगामी आर्थिक वर्ष २०८१ भदौ ४ गते परिपक्व हुने जनाएको छ। यसअघि  १६३५ 'क' सिरयल नम्बरबाट जारी भएको उक्त ट्रेजरी बिल नवीकरणपछि १६८७ 'क' मा परिणत हुनेछ।

विगतमा बढी ब्याजदर कायम भएको ट्रेजरी बिलको ब्याजदर समायोजन गर्न ट्रेजरी बिल नवीकरण गर्दा सहयोग पुग्छ। जसले नेपाल सरकारको ब्याज दायित्वको भार कम हुन्छ। गत आर्थिक वर्षको तुलनामा यस अवधिमा ब्याजदर केही सस्तो रहेकाले ट्रेजरी बिल नवीकरण गर्दा सरकारलाई फाइदा नै हुने देखिन्छ। 

उक्त ट्रेजरी बिलहरु राष्ट्र बैंकले भदौ ५ गते पुन: जारी गर्दैछ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमार्फत सरकारलाई ऋण उठाइदिने गर्छ। यसले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता प्रशोधन गर्न मद्दत गर्छ।

साउन २४ गते राष्ट्र बैंकले गरेको एक्सननुसार ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.४४२ प्रतिशत र १८२ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.४८७२ प्रतिशत कायम भएको छ।


प्रकाशित : सोमबार, भदौ ४ २०८००७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend