काठमाडौं- काठमाडौं महानगरपालिकाले २ वटा सहकारी खारेज गरेको छ। नियमअनुसार काम नगर्ने २ सहकारीलाई महानगरले खारेज गरेको हो।
महानगरअन्तर्गतको सहकारी विभागको साउन १६ गतेको निर्णयअनुसार २ सहकारी खारेज गरिएको सूचना महानगरले प्रकाशित गरेको छ। खारेजीमा पर्ने २ सहकारीमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।
२०६६/६७ मा दर्ता भएको ज्येष्ठ कामनपा ५ मा र २०६५/६६ मा दर्ता भएको सुकस कामनपा ७ मा थियो। महानगरपालिकाले काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६६ को उपदफा १ बमोजिम खारेज गरेको जनाएको छ।