शुक्रबार, जेठ ४ गते २०८१    
images
images

तनहुँमा मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

images
सोमबार, भदौ ४ २०८०
images
images
तनहुँमा मासु उत्पादनमा अनुदान, घाँस खेती गर्नेलाई प्रोत्साहन

यसै वर्षदेखि बाँझो जग्गा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याइएको छ। त्यसका लागि १८ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन भएको छ।

images
images

दमौली- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ। यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो।

images
images
images

खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। जिल्लामा खसीबोका पालन कृषकको सङ्ख्या बढ्दै गएकाले प्रोत्साहनका लागि पहिलोपटक अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

images

'प्रतिकिलो दश रूपैयाँका दरले अनुदान वितरण गरिनेछ। त्यसका लागि २० लाख रूपैयाँ बजेट विनियोजन भएको छ', केन्द्र प्रमुख डा श्रेष्ठले भने। बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ। उनका अनुसार बाख्रापालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइनेछ।

images
images

जिल्लाका व्यास नगरपालिकासहित ऋषिङ, देवघाट र घिरिङ गाउँपालिकामा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढी छ। त्यहाँका कृषकले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन्। उनले भने, 'सहकारीमार्फत खसी बोका बिक्री वितरण गर्दा तथ्यांक लिन सहज हुन्छ। यो कार्यक्रमले खसीबोका पालनमा कृषकको आकर्षण अझै बढ्ने विश्वास छ।'

images
images

कार्यालयले यसै वर्षदेखि बाँझो जग्गामा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। त्यसका लागि १८ लाख ६० हजार रूपैयाँ बजेट विनियोजन भएको छ। पशुपालन गर्ने कृषकलाई जग्गा बाँझो नराखी घाँसखेतीमा लाग्न प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको जनाइएको छ। कार्यालयले छ सय २० रोपनी क्षेत्रफलमा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउनेछ। प्रति रोपनी तीन हजार रूपैयाँका दरले रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ।

कार्यालयले पशुपक्षी तथा मस्त्य व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत माछा भुरा खरिद ढुवानी वितरणका लागि चार लाख, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ९० लाख, कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत चार लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडीबाच्छी हुर्काउन ७० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत नियमित उपचार सेवाका लागि रु सात लाख, प्रयोगशाला सेवा सञ्चालनका लागि पाँच लाख, मत्स्य स्वास्थ्य घुम्ती शिविरका लागि एक लाख, आकस्मिक उपचार तथा रोग नियन्त्रण सेवा सञ्चालनका लागि छ लाख, गाईभैँसीमा बाँझोपन निवारण घरदैलो शिविर सञ्चालनका लागि आठ लाख रूपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ। 

अस्पताल भवन बन्दै

केन्द्रको हाल सुविधासम्पन्न भवन निर्माण भइरहेको छ। प्रदेश सरकारको सहयोगमा नमूना भेटेरिनरी अस्पताल निर्माण सुरु गरिएको हो। दश करोड रूपैयाँको लागतमा भवन निर्माण हुनेछ।

भवन निर्माणका लागि चालु आवमा दुई करोड ७० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण भइरहेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए। 'विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवा प्रदान गरिनेछ', उनले भने।

छ सय पाँच वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ। त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । 'पशुपक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौँ', उनले भने, 'अस्पताल भवन निर्माणसम्पन्न सँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउने छन्।'

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायतको सुविधा हुनेछ। जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ। 'अहिले पनि पशुपक्षीको उपचार भइरहेको छ, तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ', उनले भने। तनहुँमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा सुविधासम्पन्न अस्पतालको खाँचो थियो। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend