शुक्रबार, जेठ ४ गते २०८१    
images
images

७औँ जीईएफ सभामा भाग लिन अर्थमन्त्री महतसहित ५ सदस्यीय टोली क्यानडा प्रस्थान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३ २०८०
images
images
७औँ जीईएफ सभामा भाग लिन अर्थमन्त्री महतसहित ५ सदस्यीय टोली क्यानडा प्रस्थान

क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर-आवसीय नेपालसँग भेटघाट गर्नेछन्।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतसहित अर्थमन्त्रालयको ५ सदस्यीय टोली क्यान्डा प्रस्थान गरेको छ। क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी(जीईएफ)को ७औँ साभामा भाग लिन उक्त टोली आइबार साँझ ९.३० मा क्यानडा प्रस्थान गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ।

images
images
images

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन्। यस्तै वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेका छन्।

images

अर्थमन्त्री डा.महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन्। जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

images
images

अर्थमन्त्री डा. महत करिब १ साता क्यानडामा रहने छन्। क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर-आवसीय नेपालसँग भेटघाट गर्नेछन्। उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा उनले छलफल गर्ने बताइएको छ।

images
images

यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ। 

उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्रीसहितको टोली भदौ ११ गते स्वदेश फर्किने छन्।


प्रकाशित : आइतबार, भदौ ३ २०८००५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend