शुक्रबार, जेठ ४ गते २०८१    
images
images

आन्तरिक आय ६ अर्ब पुर्‍याउने लुम्बिनीको लक्ष्य

images
आइतबार, भदौ ३ २०८०
images
images
आन्तरिक आय ६ अर्ब पुर्‍याउने लुम्बिनीको लक्ष्य

चालु आव २०८०/०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पुर्‍याउने लक्ष्य राखिएको लुम्बनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

images
images

दाङ- लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ। अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए।

images
images
images

'हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ', उनले भने, 'सोही अनुसारका योजना बनाइरहेका छौँ।' उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ६० करोड ९५ हजार रूपैयाँ आम्दानी भएको थियो। 

images

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५० दशमलव १७ प्रतिशत हो। चालु आव २०८०/०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर ६ अर्ब ७३ करोड ५१ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

images
images

लामो समय नवीकरण नगरेका सवारी साधनलाई कर छुट गरेर भए पनि करको दायरामा ल्याउने तयारी भइरहेको उनले बताए। यसबाट सवा एक अर्बले राजस्व वुद्धि हुने अपेक्षा गरिएको मन्त्री मास्कीले बताए।

images
images

वन क्षेत्रको खोलाखोल्सी व्यवस्थापनबाट ७५ लाख क्युविकफिट वन पैदवार र नदीजन्य पदार्थ संकलन गरी साढे एक अर्ब रूपैयाँले आम्दानी वृद्धी हुने लक्ष्य लिइएको उनको भनाइ थियो। उनका अनुसार गत आवमा वनबाट चौध करोड ६० लाख रूपैयाँ र सवारीसाधनबाट एक अर्ब ५५ करोड रूपैयाँ मात्रै आम्दानी भएको थियो। 

अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिस्ट्रेसन शुल्क, विज्ञापन, मनोरञ्जन तथा कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको संकलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण व्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसायसम्बन्धी विशेष व्यवस्थापनलगायत क्षेत्रबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको छ।

करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend