शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बढ्न थाल्यो घरजग्गा कारोबार, गत वर्षको साउनमा भन्दा १४ प्रतिशतले बढ्यो

images
आइतबार, भदौ ३ २०८०
images
images
बढ्न थाल्यो घरजग्गा कारोबार, गत वर्षको साउनमा भन्दा १४ प्रतिशतले बढ्यो

सरकारले साउन मसान्तमा आएर कित्ताकाट फुकुवा गर्ने निर्णय गरेपछि अब घरजग्गा कारोबारले गति लिने विश्वास गरिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखित पास ३९ हजार २ सय ६३ भएको छ।

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको साउनको तूलनामा ५ हजार ४ सय २९ लिखित पास बढी भएको छ। गतवर्षको साउनमा ३३ हजार ८ सय ३४ लिखित पास भएको छ। यो गत वर्षको तुलनामा १४ प्रतिशतले बढी हो।

images

असारको तुलनामा भने साउनमा लिखत पारित ९ हजार ५०८ ले घटेको हो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ लिखत पारित भएको थियो। सरकारले कित्ताकाट खुलाएसँगै भदौबाट बढ्ने अनुमान गरिएको छ। सरकारले साउन मसान्तमा आएर कित्ताकाट फुकुवा गर्ने निर्णय गरेपछि अब घरजग्गा कारोबारले गति लिने विश्वास गरिएको छ।

images
images

त्यसैगरी, साउनमा घरजग्गा कारोबारबाट सरकारले उठाउने राजस्व पनि घटेको छ। साउनमा २ अर्ब ९१ करोड रूपैयाँ राजस्व उठेको छ। गत वर्षको साउनमा २ अर्ब १६ करोड रूपैयाँ राजश्व संकलन भएको थियो। घरजग्गा किनबेचबाट असारमा ४ अर्ब २७ करोड रूपैयाँ राजस्व उठेको थियो।

images
images


प्रकाशित : आइतबार, भदौ ३ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend