आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा साताको पहिलो कारोबार नै ओरालोतिर, १ अर्ब ४४ करोडको मात्र कारोबार

आइतबार, भदौ ३ २०८०
सेयर बजारमा साताको पहिलो कारोबार नै ओरालोतिर, १ अर्ब ४४ करोडको मात्र कारोबार

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार लामो समयदेखि लगातार ओरालोतिर लागेको छ। एक दिनको सामान्य वृद्धि र लगातार केही दिन घट्ने भइरहेको बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकिरहेका छैनन्। 

आइतबार २१.९९ अंकले घटेर बजार २०११.१४ बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ४४ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ। १९० कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबार वृद्धितर्फ लागेको बजारले त्यसपछि लय समात्न नसक्दा समग्रमा ३२.९ अंकले घटेको थियो। गएको साता आइतबार १४.८१ अंकले बढेर सोमबार ३.६१ अंकले घटेको सेयर बजारमा मंगलबार पुन: ३१.८० अंकले घटेको थियो। बुधबार २०.३१ अंकले घटेको बजार बिहीबार भने ८.०१ अंकको वृद्धिसहित २०३३.१३ बिन्दुमा पुगेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा सामान्य वृद्धितर्फ नजाँदै पुन: ओरालोतिर लागेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्।

बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्।  अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। नीतिगत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताका लागि अवस्था सुखद हुन सकेको छैन। 


प्रकाशित : आइतबार, भदौ ३ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend