शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बाँकेमा १५ वर्षदेखि खानेपानी आयोजना अलपत्र

images
आइतबार, भदौ ३ २०८०
images
images
बाँकेमा १५ वर्षदेखि खानेपानी आयोजना अलपत्र

खजुरा गाउँपालिकास्थित राधापुर खानेपानी आयोजनाको काम पनि सडक विस्तारका क्रममा अलपत्र परेको छ। जिल्लाको बैजनाथ गाउँपालिकास्थित बनकटुवा खानेपानी आयोजना पनि अलपत्र परेको छ।

images
images

बाँके- जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन्। बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ।

images
images
images

वैकल्पिक खानेपानीको उपलब्धता भएकाले उपभोक्ता सचेत नहुँदा जयसपुर, बनकटुवा, राधापुरलगायतका खानेपानी आयोजना अलपत्र परेका कार्यालयका प्रमुख तिलक न्यौपानेले बताए। 'खानेपानीका सबै संरचना तयार छन्', उनले भने, 'पानी वितरणका लागि पाइप बिछ्याउन सकिएको छैन।'

images

प्रमुख न्यौपानेले गत आवमा जयसपुर खानेपानी आयोजनाअन्तर्गत करिब दुई किलोमिटर मात्रै पाइप बिछ्याइएको जानकारी दिँदै पुरानो पाइप जीर्ण भएर पानी चुहावट हुन थालेपछि मर्मत गरी समस्या समाधान गरिएको बताए। उक्त खानेपानी आयोजनामार्फत नेपाल-भारत सीमा क्षेत्रसम्म पानी पुर्‍याउने योजना रहेको भन्दै उनले अहिलेसम्म ४६ खानेपानीका धारा जडान गरिएको जानकारी दिए। उनका अनुसार अझै १५ धारा जडानको माग भएको छ।

images
images

आयोजनाका अध्यक्ष बाकरअलि राईले बाटो विस्तारका कारण बिछ्याइएका पाइपलाइन जीर्ण भएकाले आयोजना सम्पन्न गर्न समस्या भइरहेको उल्लेख गर्दै अझै पनि एक सय किलोमिटर पाइप बिछ्याउन बाँकी रहेको जानकारी दिए। उनले धारा जडान गरिएका कतिपय ठाउँमा नियमित तथा स्वच्छ खानेपानी नआएको गुनासो उपभोक्ताले गरेकाले जीर्ण पाइप पुनः मर्मत गरी पानी वितरण गर्नुपर्ने बताए। उनका अनुसार विसं २०६४ देखि सुरु भएको उक्त खानेपानी आयोजनाका लागि चालु आवमा २० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

images
images

जिल्लाको बैजनाथ गाउँपालिकास्थित बनकटुवा खानेपानी आयोजना पनि अलपत्र परेको छ। पालिकाभित्र सडक विस्तारका क्रममा बिच्छ्याइएका पाइप जीर्ण बनेपछि पुनः पाइप बिछ्याउने योजना बनाइएको डिभिजन प्रमुख न्यौपानेले बताए। 'सडक विस्तारका क्रममा केही पाइप काटिएका थिए भने केही सडकबाट नै हटाइएको थियो', उनले भने। उक्त आयोजनाका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन भएको बताउँदै उनले अहिले ५० धारा जडान गरेर पानीको वितरण सुरु गरिएको बताए।

खजुरा गाउँपालिकास्थित राधापुर खानेपानी आयोजनाको काम पनि सडक विस्तारका क्रममा अलपत्र परेको छ। सडक विस्तार तथा विद्युतको तार भूमिगत गर्ने क्रममा खानेपानीका लागि बिछ्याइएका पाइप जीर्ण बनेपछि वडा कार्यालयको सहयोगमा पुनः पाइन बिछ्याएर ५० धारा जडान गरिएको प्रमुख न्यौपाने जानकारी दिए। उनका अनुसार उक्त आयोजनाका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

त्यस्तै पुरानो नौवास्ता खानेपानी आयोजनाअन्तर्गत अहिले तीन सय ७५ धारा जडान गरी पानी वितरण गरिएको प्रमुख न्यौपानेले बताए। उक्त आयोजनाका लागि २० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। यस आयोजनाले अन्यको तुलनामा गति लिएको उनको भनाइ थियो।

नरैनापुरमा अझै सम्पन्न भएन खानेपानी आयोजना

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा खानेपानीको ओभरहेड ट्यांकी बनेको लामो समयसम्म कुनै खानेपानी आयोजनामार्फत पानीको वितरण भएको छैन। ‘ह्याण्ड पाइप’को पानी खान बाध्य रहेको स्थानीय बताउँछन्। 'सबै वडामा ओभरहेड ट्यांकी छ तर खानेपानी आयोजना पूरा भएको छैन', डिभिजन प्रमुख न्यौपानेले भने, 'यस पालिकामा १२ खानेपानीका आयोजना छन्। बजेट अभावका कारण यहाँका आयोजना पूरा हुन सकेका छैनन्।' रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend