शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी

images
आइतबार, भदौ ३ २०८०
images
images
पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुंगा सफारी सञ्चालन गरिने भएको छ। गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भंगालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुंगा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुंगा सफारीको आनन्द लिन पाउने भएका हुन्।

images
images
images

चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुंगा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए। 'रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुंगामा सफारी गराएर दिव्यपुरीसम्म पुर्‍याइनेछ', उनले भने, 'डुंगा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जंगल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ।'

images

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो। यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्रि क्षेत्रमा करिब ५५ किलोमिटर लामो जंगल सफारी सुरु गरिएको छ।

images
images

वैदेशिक रोजगारीबाट फर्किएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब ८० करोड रूपैयाँको लगानीमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गरेका हुन्। 'निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ', सञ्चालक धितालले भने, 'वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुनेछ।'

images
images

यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उनले दाबी गरे। 'होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ', उनले भने।

होटेलमा बाँसको ढुंग्रामा खाना पकाउने प्रविधि राखिएको छ। होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए। 'होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्', उनले भने, 'यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ।' रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend