शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

भ्रष्टाचार नियन्त्रणका लागि सूचना दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री

images
आइतबार, भदौ ३ २०८०
images
images
भ्रष्टाचार नियन्त्रणका लागि सूचना दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री
फाइल तस्बिर

सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानूनी व्यवस्था गर्न जरूरी भएको प्रधानमन्त्री पुष्पमकमल दाहाल 'प्रचण्ड' ले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन्। आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानूनी व्यवस्था गर्न जरूरी भएको बताए।

images
images
images

'विश्वमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’बारे अध्ययन गर्न आवश्यक छ', उनले भने, 'अब सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरी छ।'

images

उनले सार्वजनिक पदाधिकारीको काम कारबाहीबारे जनताको कम निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच कम हुने अवस्थाका कारण भ्रष्टाचार मौलाउँदै जाने खतरा भएको बताए। राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना दिवसको शुभकामना दिँदै सूचनाको हकसम्बन्धी कानून लागु भएको लामो समयसम्म पनि नागरिकले यस हकको व्यापक प्रयोग गर्न नसकेको गुनासो गरे।

images
images
images

'संविधान र कानूनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको वास्तविक मालिक नागरिकलाई मानिए पनि सबै प्रकारका सूचनामा उनीहरूको पहुँच स्थापित हुन नसकेको अनुभूति भइरहेको छ। यसैगरी कानून कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जवाफदेही बनाउनुपर्ने देखिन्छ', उनले भने।

सूचनाको हकसम्बन्धी व्यवस्था सार्वजनिक निकायमा पहुँच पुर्‍याउन सक्ने केही सीमित मान्छेका लागि मात्र नभएर वर्षैदेखि राज्यबाट उपेक्षित र उत्पीडनको अवस्थामा रहेका किसान, मजदूर, महिला, दलित, सीमान्तकृत समुदायसहित आम जनसमुदायका लागिसमेत भएको उनको भनाइ छ।

उनले नेपालको सूचनाको हकसम्बन्धी ऐनलाई विश्वका उत्कृष्ट ऐनहरूको सूचीमा राखिएको स्मरणसमेत गराए। उनले यस हकको प्रभावकारी कार्यान्वयनले सरकारका कामकारबाहीलाई लोकतान्त्रिक पद्दतीअनुरूप खुला र पारदर्शी बनाइ शासकीय संयन्त्रलाई आम नागरिकप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवारी बनाउने बताए।

'राज्यका सूचनामा आम नागरिकको पहुँच र सहभागिता अभिवृद्धि गराउनु नै लोकतान्त्रिक प्रणालीको संस्कार हो', प्रधानमन्त्री प्रचण्डले भने। सूचना प्रविधिको समायानुकूलको तीव्र विकाससँगै नेपालमा सार्वजनिक निकायमा ‘डिजिटल गभर्नेन्स’को प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री प्रचण्डले आयोगको क्षमता बढाइ सूचनाको हक कार्यान्वयनका लागि सरकारले सबैखालको सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे। रासस 


प्रकाशित : आइतबार, भदौ ३ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend