शुक्रबार, जेठ ४ गते २०८१    
images
images

टेलिकमले सेवा विविधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छ : मन्त्री शर्मा 

images
आइतबार, भदौ ३ २०८०
images
images
टेलिकमले सेवा विविधिकरण र गुणस्तरीयतामा जोड दिनुपर्छ : मन्त्री शर्मा 

नेपाल टेलिकमले प्युठानको माण्डवी गाउँपालिकामा उच्च क्षमताको ब्रोडब्याण्ड ‘फाइबर टु दी होम’ (एफटीटीएच) सेवा सुरु गरेको छ। यसअघि प्यूठानको खलंगा, बिजुवार र भिंग्रीमा एफटीटीएच सेवा विस्तार भइसकेको छ। 

images
images

प्युठान- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवालाई विविधिकरण गर्दै सेवा प्रवाहलाई सहज बनाउनुपर्नेमा जोड दिएकी छिन्। प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताइन्।

images
images
images

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उनले भनिन्, ‘मैले मन्त्री भएपछिको पहिलो निर्णय नै टेलिफोन सेवा सुधारमा केन्द्रित हुने गरेको थिएँ। ६ महिनाको अवधिमा निरन्तर टेलिकमका अधिकारसँग छलफल गर्नेदेखि सेवाग्राहीकै बीचमा पुगेर अन्तर्क्रिया गर्नेसम्मका काम गरिएको छ।’

images

उनले गाउँ सहर सबैतिर सेवा विस्तारमा ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्दै जतिसक्यो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने बताइन्। सेवा विस्तार र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गर्दै उनले भनिन्, ‘यो वर्षदेखि टेलिकमले उपभोक्ताको गुनासो सुनुवाइलाई प्राथमिकतामा राख्ने नीति लिएको छ। सेवा प्रवाहमा समस्या आउँदा तत्काल गुनासोको सुनुवाइ गर्दा सेवाग्राहीले सेवा प्राप्त गरेको महसुस गर्नेछन्।’

images
images

सरकारले देशभर गुणस्तरीय दूरसञ्‍चार सेवा पुर्‍याउन आवश्यकता पूर्वाधारहरू थप गर्ने कार्य प्रभावकारीरूपमा अघि बढाएको जानकारी दिँदै उनले सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानहरूमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न आफूहरु लागिरहेको बताइन्। सूचना तथा सञ्‍चारको पहुँच वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ब्रोडब्याण्ड इन्टरनेट सेवा सबै स्थानीय तहका केन्द्रमा पुगेको जानकारी दिँदै उनले अब सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिइएको पनि जानकारी दिइन्।

images
images

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत चालु आर्थिक वर्षमा ब्रोडब्याण्ड इन्टरनेट सबै सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा विस्तार गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिइन्। टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फबाट थप पहल गर्ने जानकारी दिँदै मन्त्री शर्माले एफटीटीएच क्षमतालाई आधार मानेर यो वर्ष तीन लाख सेवा थप गर्ने सरकारको योजना रहेको जानकारी दिइन्।

कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले स्रचार सेवा जनताको अधिकार भएको बताउँदै टेलिकमको सेवा नपुगेका स्थानहरुमा सेवा सुचारु गर्न र सेवा प्रभावाकरी बनाउन मन्त्री शर्मा र टेलिकमका अधिकारीहरुसँग आग्रह गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रालय सहसचिव बाबुराम भण्डारी, नेपाल टेलिकम वायरलेस सेवा निर्देशक मिनु प्रधान, ब्याकबोन प्रसारण निर्देशक विनिता श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो। नेपाल टेलिकम लुम्बिनी प्रदेश निर्देशक शैलेशबहादुर अमात्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेपाल टेलिकमका प्रबन्धक शिव खनालले सञ्चालन गरेका थिए।

नेपाल टेलिकमले प्युठानको माण्डवी गाउँपालिकामा उच्च क्षमताको ब्रोडब्याण्ड ‘फाइबर टु दी होम’ (एफटीटीएच) सेवा सुरु गरेको छ। यसअघि प्यूठानको खलंगा, बिजुवार र भिंग्रीमा एफटीटीएच सेवा विस्तार भइसकेको छ। 


प्रकाशित : आइतबार, भदौ ३ २०८००७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend