शुक्रबार, जेठ ४ गते २०८१    
images
images

पहिलो महिनामै ४० प्रतिशतले घट्यो उद्योगमा लगानी प्रतिबद्धता, एक महिनामा २७ उद्योगमा २५ अर्बको लगानी प्रतिबद्धता

images
आइतबार, भदौ ३ २०८०
images
images
पहिलो महिनामै ४० प्रतिशतले घट्यो उद्योगमा लगानी प्रतिबद्धता, एक महिनामा २७ उद्योगमा २५ अर्बको लगानी प्रतिबद्धता

चालु आवको पहिलो महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता गत आर्थिक वर्ष २०७९/०८० को सोही अविधको तुलनामा ४० प्रतिशतले कमी हो। गत आवको साउन महिनामा २७ वटा उद्योगमा नै ४१ अर्ब ५२ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा २७ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार २७ वटा उद्योगमा २५ अर्ब ५ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।

images
images
images

चालु आवको पहिलो महिनामा उद्योगमा आएको लगानी प्रतिबद्धता गत आर्थिक वर्ष २०७९/०८० को सोही अविधको तुलनामा ४० प्रतिशतले कमी हो। गत आवको साउन महिनामा २७ वटा उद्योगमा नै ४१ अर्ब ५२ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो। 

images

चालु आवको साउनमा ३ वटामात्रै ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ। जसमा सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमा १३ अर्ब ४४ करोड रूपैयाँ, मेडिशा इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडमा ५ अर्ब ९५ करोड र म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालिमा ४ अर्ब २२ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

images
images

गत आवको साउन महिनामा १० वटा ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको थियो। जसमा ३ वटा होटल, ६ वटा हाइड्रोपावर र एउटा उत्पादन मुलक उद्योगमा गरी ३८ अर्ब १९ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

images
images

कस्ता उद्योगमा कति लगानी?

चालु आवको पहिलो महिनामा कृषितर्फ एउटा उद्योगमा १५ करोड ५७ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। ऊर्जातर्फ ३ वटा उद्योगमा १७ अर्ब ८४ करोड, आईसीटीतर्फ ३ वटा उद्योगमा ९ करोड, पूर्वाधारतर्फ ४ वटा उद्योगमा ८ करोड, उत्पादन मुलक उद्योगतर्फ २ वटामा २९ करोड, सर्भिसतर्फ ४ वटा उद्योगमा ६ अर्ब २३ करोड, होटल तथा पर्यटनमूलक उद्योगतर्फ १० वटा उद्योगमा ३९ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।

सतप्रतिशत विदेशी लगानी भएका १८ उद्योगमा ७८ करोडको लगानी प्रतिबद्धता आएको छ। सतप्रतिशत नै नेपाली लगानी भएका ८ उद्योगमा भने २४ अर्ब २५ करोड रूपैयाँ र ३० प्रतिशत नेपाली र ७० प्रतिशत विदेशी लगानी भएको एउटा उद्योगमा ५ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 


प्रकाशित : आइतबार, भदौ ३ २०८००६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend