काठमाडौं- भारतको केन्द्रीय सरकारले प्याजमा निर्यातमा ४० प्रतिशत कर लगाएको छ। आन्तरिक बजारमा मूल्यवृद्धिको जोखिमलाई ध्यानमा राख्दै भारत सरकारले निर्यात निरूत्साहित गर्न भन्दै निर्यात कर लगाएको हो।
सन् २०२३ को डिसेम्बर अन्त्यसम्म लागु हुनेगरि प्याजको निर्यातमा कर लगाइएको हो। निर्यात कर लागेपछि निर्यात रोकिने र आन्तरिक बजारमा बढ्दो मूल्यवृद्धिको जोखिम न्यूनीकरण हुने भारतको विश्वास रहेको छ।
भारतले प्याजको मूल्यवृद्धि हुँदा निर्यात रोक्दै आएको छ। यसअघि पनि निर्यातमा प्रतिबन्ध लगाएको थियो।