शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बेँसीसहर-चामे सडक पहिरोले पुनः अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३ २०८०
images
images
बेँसीसहर-चामे सडक पहिरोले पुनः अवरुद्ध

ठूला-ठूला ढुंगासहितको पहिराले सडक अवरुद्ध बनाएको छ। केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ।

images
images

लमजुङ- पहिराले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ। आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ। 

images
images
images

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, 'यस सडकअन्र्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ।' उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ।

images

सो स्थानमा ठूला-ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएको छ। केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका-१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो। 

images
images

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो। यसरी पटक-पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ। सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन्। ६५ किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ। रासस

images
images


प्रकाशित : आइतबार, भदौ ३ २०८००४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend