शुक्रबार, जेठ ४ गते २०८१    
images
images

यी हुन् संसारका १० सर्वाधिक वाइन उत्पादक मुलुक

images
शनिबार, भदौ २ २०८०
images
images
यी हुन् संसारका १० सर्वाधिक वाइन उत्पादक मुलुक

अमेरिकाले सन् २०२२ मा २ करोड २३ लाख हेक्टोलिटर वाइन उत्पादन गरेको थियो।

images
images

काठमाडौं- युरोप वाइन उत्पादन तथा खपतका लागि चर्चित छ। त्यसैले सबैभन्दा धेरै वाइन पनि युरोपेली देशहरुमै उत्पादन हुने गरेको छ। युरोपको पनि इटाली सबैभन्दा धेरै वाइन उत्पादन गर्ने देश हो। 

images
images
images

२०२२ मा इटालीमा ४ करोड ९८ लाख हेक्टोलिटर वाइन उत्पादन भएको तथ्यांक छ। यो भनेको करिब १ हजार ९ सय ९४ वटा ओलम्पिक आकारको स्वीमिङ पुल बराबरको हो। यो तथ्यांक भाइन एण्ड वाइनको अन्तर्राष्ट्रिय संगठन (ओभीआई)ले सार्वजनिक गरेको हो।

images

इटालीमा २०२२ मा उत्पादित वाइन सो वर्ष विश्वभर उत्पादन भएको ५ भागको एक भागसमेत हो। इटालीमा उत्पादित वाइनमध्ये करिब आधा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको थियो। परिमाणका आधारमा इटाली सबैभन्दा ठूलो वाइन निर्यातकर्ता मुलुक हो।

images
images

इटालीपछि धेरै वाइन उत्पादन गर्ने देश हो फ्रान्स। फ्रान्सले २०२२ मा ४ करोड ५५लाख हेक्टोलिटर वाइन उत्पादन गरेको थियो। त्यस्तै स्पेनले २०२२ मा ३ करोड ५७ लाख हेक्टोलिटर वाइन उत्पादन गरेको थियो। इटाली, फ्रान्स र स्पेन, ती तस्न देशले विश्वमा सप्लाइ हुने वाइनको आधाभन्दा बढी सप्लाइ गर्दै आएका छन्।

images
images

स्पेनपछि धेरै वाइन उत्पादन गर्ने देशमा अमेरिका रहेको छ। अमेरिकाले २०२२ मा २ करोड २३ लाख हेक्टोलिटर वाइन उत्पादन गरेको थियो। त्यस्तै अस्ट्रेलियाले १ करोड २७ लाख हेक्टोलिटर, चिलीले १ करोड २४ लाख हेक्टोलिटर, अर्जेन्टिनाले १ करोड १४ लाख हेक्टोलिटर र दक्षिण अफ्रिकाले १ करोड १ लाख हेक्टोलिटर वाइन २०२२ मा उत्पादन गरेका हुन्।

यस्तै २०२२ मा जर्मनीले ८९ लाख हेक्टोलिटर र पोर्चुगलले ६७ लाख हेक्टोलिटर वाइन उत्पादन गरेका थिए। १० सर्वाधिक वाइन उत्पादन गर्ने देशको सूचीमा ५ वटा देश युरोपका छन्। 

Top-Wine-Producers_2022v1.jpg

प्रतिशतका आधारमा सबैभन्दा धेरै वाइन उत्पादन गर्नेमा इटाली १९.३ प्रतिशत, फ्रान्स १७.६५ प्रतिशत, स्पेन १३.८२ प्रतिशत, अमेरिकाले ८.६७ प्रतिशत वाइन उत्पादन गरेका हुन्। त्यस्तै अस्ट्रेलिया ४.९३ प्रतिशत, चिली ४.८२ प्रतिशत, अर्जेन्टिना ४.४३ प्रतिशत, दक्षिण अफ्रिका ३.९३ प्रतिशत, जर्मनी ३.४६ प्रतिशत र पोर्चुगलले २.६२ प्रतिशत वाइन उत्पादन गरेको थियो।

एसियाली मुलुकमा चीन सर्वाधिक वाइन उत्पादन गर्ने देश हो। चीनमा सन् २०२२ मा ४१ लाख हेक्टोलिटर वाइन उत्पादन भएको थियो। एक हेक्टोलिटरमा १ सय लिटर हुन्छ। हेक्टोलिटर वाइन, बियर तथा अन्य कृषिजन्य उत्पादन मापनमा प्रयोग हुने गरेको छ। 

पछिल्लो केही दशकयता वाइन उत्पादन स्थिरजस्तै रहेको भिजुअल क्यापिटालिस्टले लेखेको छ। तर अब भने जलवायु परिवर्तनको असर वाइन उत्पादनमा देखिन थालेको अध्ययनहरुले देखाएका छन्। न्यूयोर्क टाइम्सका अनुसार वाइन उत्पादनमा बढ्दो तापक्रमले निकै प्रभाव पारिरहेको छ। 

नेपालमा पनि केही मात्रामा वाइन उत्पादन हुँदै आएको छ। तर यहाँको उत्पादनले विश्वबजारमा कुनै प्रभाव पार्दैन। बरु नेपालमा विभिन्न मुलुकबाट वाइन आयात हुँदै आएको छ। 


प्रकाशित : शनिबार, भदौ २ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend