शुक्रबार, जेठ ४ गते २०८१    
images
images

एक वर्षमै ५१ करोड रुपैयाँको चाउचाउ चीन निर्यात

images
शनिबार, भदौ २ २०८०
images
images
एक वर्षमै ५१ करोड रुपैयाँको चाउचाउ चीन निर्यात

चीनले नेपाली उत्पादनलाई सहुलियत पहुँच दिएपनि नेपाल सरकारको तयारी तथा व्यवसायीले उत्पादन नगर्दा निर्यात बजार बढ्न सकेको छैन। 

images
images

काठमाडौं- चरम असन्तुलित व्यापारिक सम्बन्ध भएको उत्तरी छिमेकी चीनमा नेपालका सीमित वस्तुलेमात्र ठाउँ पाएका छन्। व्यापार अनुपात १२६ भएको चीनमा नेपालले गएको वर्ष जम्मा १ अर्ब ७६ करोड रूपैयाँको निर्यात गरेको छ। 

images
images
images

२ खर्ब बढीको आयात भएको चीनमा निर्यात भने २ अर्ब पनि पुगेको छैन। चीनमा निर्यात हुने वस्तुहरूको सूची पनि सीमित रहेको छ। भन्सार विभागको तथ्यांकअनुसार चीनमा सबैभन्दा धेरै गएको वर्ष चाउचाउ निर्यात भएको छ। विभागका अनुसार पास्ता शीर्षकबाट चाउचाउको निर्यात करिब ५१ करोड रूपैयाँको छ। यो कुल चीन निर्यातको एक तिहाइ हो। 

images

हस्तकला सामग्री, रुद्राक्ष, चिया, पस्मिना, तयारी पोसाकजस्ता सीमित वस्तुले चीनमा ठाउँ पाउँदै आएका छन्।

images
images

चाउचाउसँगै चीन निर्यातमा फड्को मारेको वस्तु तयारी पोसाक रहेको छ। अधिकांश चीनबाटै तयारी पोसाक आयात हुने भएपनि पछिल्लो समय निर्यात पनि भएको देखिएको छ। 

images
images

चीनले नेपाली उत्पादनलाई सहुलियत पहुँच दिए पनि नेपाल सरकारको तयारी तथा व्यवसायीले उत्पादन नगर्दा चीनको निर्यात बजार बढ्नै सकेको छैन। 

सन् २००६ मै चीन सरकारले नेपाली वस्तुलाई सहुलियत पहुँच दिन सहमत भएर सम्झौता समेत भइसकेको थियो। सन् २००६ मा साढे चार हजार नेपाली वस्तुलाई शून्य भन्सारमा पहुँच दिन सहत भएको थियो। त्यसपछि चीनले यस्तो सुविधा पाउने वस्तुको सूची थप गर्दै आएको छ। सन् २०१२ मा साढे ८ हजार वस्तु पुगेकोमा सन् २०१२ मा  ८ हजार ३१ पुगेका थिए।

नेपाली व्यवसायीले यस्तो सुविधा उपभोग गर्न नपाएको चीनका कारणले होइन, नेपाल सरकारकै तयारी नपुगेर हो। नेपाल सरकारले वस्तुको संख्या किटान गरेपनि स्थानीय हार्मोनाइज्ड गर्न नसक्दा यो कार्यान्वयन हुन सकेको छैन।

पहिलोपटक सम्झौता भएपछि भन्सार विभागले वस्तुको संख्या निर्धारण गरेको थियो। २०७३ सालमै संख्या निर्धारण भएपनि अहिलेसम्म नेपाली वस्तुको कोडिङ अझै तय भएको छैन। तर व्यवसायीहरू भने चीनमा नेपाली वस्तुलाई नि:शुल्क पहुँच दिने कुराको लाभभन्दा पहिलो प्राथमिकता निर्यात/आयात सहज पार्नुपर्ने बताउँछन्। लामो समयदेखि निर्यात नै ठप्प भएकाले अहिले यो लाभका बारेमा सोचेर केही फाइदा नहुने उनीहरूको भनाइ छ।

नेपालमा उत्पादन हुने वस्तुलाई पहुँच नभएको, पहुँच भएका वस्तुमा पनि नेपाल सरकारले आवश्यक पहल नगर्दा चिनियाँ बजार कठिन बन्दै गएको छ। 


प्रकाशित : शनिबार, भदौ २ २०८०१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend