शुक्रबार, जेठ ४ गते २०८१    
images
images

आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने कांग्रेसकाे लक्ष्य हो : अर्थमन्त्री महत

images
शनिबार, भदौ २ २०८०
images
images
आर्थिक समृद्धि सिर्जना गरेर नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने कांग्रेसकाे लक्ष्य हो : अर्थमन्त्री महत

कांग्रेस र अन्य दलको फरक देखाउँदै अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यो फरक जनतालाई बुझाउनुपर्ने उल्लेख गरे।

images
images

काठमाडौं- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसकाे लक्ष्य आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन्। 

images
images
images

‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौँ। हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने हो,' मन्त्री महतले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन। समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ। हामी पार्टी बलियो हुने मिसनमा लागौँ। हरेक दिन हामी काम गरौँ र त्यो कामको प्रचार पनि गरौँ।’

images

डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे। उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो। यो नभइ केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो।’

images
images

कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ। पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्ने उनको तर्क छ। ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ। सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ। यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ’, उनले भने।

images
images

एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ। कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला तर कोही पनि सर्वगुण सम्पन्न नहुने महतको भनाइ छ।

‘सामाजिक सञ्जालको अवसर र चुनौतीको बीचमा जनतामाँझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतीका बीचमा हामी छौँ। नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’, उनले भने, ‘कार्यालयमा काहिँ सहयोग गरेको देखाउँछन्। यो दृश्य पटक पटक देखिन्छ। खोल्यो कि त्यही देखिन्छ। गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ।’

कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले यो फरक जनतालाई बुझाउनुपर्ने उल्लेख गरे। 'अब सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ। गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ। यदि यो काम गरेनौँ भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ', उनले भने।

'म चाहिँ ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थेँ, अरु भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौँ,' 'उनले भने, 'यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔँ भने मात्र हाम्राे मिसन सफल हुनेछ' उनले भने। 


प्रकाशित : शनिबार, भदौ २ २०८००९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend