शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बेँसीसहर-चामे सडक पुनःसञ्चालन

images
शनिबार, भदौ २ २०८०
images
images
बेँसीसहर-चामे सडक पुनःसञ्चालन

सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ। जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन।

images
images

लमजुङ- पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक पुनःसञ्चालनमा आएको छ। मनाङको नासों गाउँपालिका-१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो।

images
images
images

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, 'केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो। ढुंगामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ।' सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ। जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन।

images

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो। बीचमा निर्माणको काम रोकिएको थियो।

images
images

विसं २०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो। झन्डै ६५ किमी दुरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ। रासस

images
images


प्रकाशित : शनिबार, भदौ २ २०८००८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend