शुक्रबार, जेठ ४ गते २०८१    
images
images

कर्णालीमा बीमाबाट १८१ जनाका परिवार लाभान्वित

images
शनिबार, भदौ २ २०८०
images
images
कर्णालीमा बीमाबाट १८१ जनाका परिवार लाभान्वित

आव २०७९/८० मा ६४ जनाका परिवारले सामूहिक दुर्घटना बीमा रकम प्राप्त गरेका छन्।

images
images

सुर्खेत- प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रूपैयाँ रकम प्राप्त गरेका छन्।

images
images
images

तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट तीन करोड ६२ लाख रूपैयाँ रकम प्राप्त गरेका हुन्।

images

प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारले दुई लाख रूपैयाँका दरले रकम पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो।

images
images

राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौताअनुसार कर्णालीका करिब १७ लाख व्यक्तिको सामूहिक बीमा सरकारले गरिदिएको छ। एक व्यक्ति बराबर नौ रूपैयाँ पर्नेगरी सरकारले नै नागरिकको बीमा गरिदिएको हो।

images
images

प्रदेशका कुनै पनि नागरिकको प्रकोप या प्राकृतिक विपद्‌बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा दुई लाख रूपैयाँ पाउने र उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए।

उनका अनुसार आव २०७७/७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आव २०७८/७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन्। त्यसैगरी आव २०७९/८० मा ६४ जनाका परिवारलाई सामूहिक दुर्घटना बीमाबाट रकम दिइएको रोकायले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ २ २०८००७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend