शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण, ३० लाख बढीको कारोबार

images
शनिबार, भदौ २ २०८०
images
images
स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण, ३० लाख बढीको कारोबार

पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

images
images

नारायणगढ- उद्योग संघ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ। संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो।

images
images
images

स्थानीय उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न मेला गरिएको हो। मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ। पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेको र ३० लाख रूपैयाँ बढीको कारोबार भएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।

images

सुरुमा ३९ व्यापारिक कक्षबाट सुरु गरिएको मेलामा आजसम्म आइपुग्दा ६६ कक्ष पुगेको उनले जानकारी दिए। उद्यमीको उत्पादनअनुसार कक्ष संख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा संख्या पनि बढ्दै गएको उनी बताउँछन्।

images
images
images

संघले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ। उनले भने, 'फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वस्थ्यको ग्यारेन्टी गरेका छौँ, जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ आएको छ।' पहाडी क्षेत्रमा उत्पादन हुुने निगालाका टुसादेखि बेँसीको जंगलमा फल्ने चिउरी र निउरोसम्म यहाँ बिक्री भएको जनाउँदै उनले आर्थिक विपन्न किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको बताए।

संघका उपाध्यक्ष मदन पोखरेलले संघले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए। उनले भने, 'उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ।' मेला प्रभावकारी बन्दै गएको जनाउँदै उनले थप विस्तार गर्दै लैजाने बताए।

मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए। उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ।

भरतपुर महानगरपालिका-१२ बाट मेला अवलोकन गर्न आएका प्रमेश भण्डारी यहाँ मेला लाग्दा खुसी छन्। बिदाको दिनमा ‘मर्निङवाक’ गर्दै जैविक उत्पादन मेलामा किन्न पाउँदा स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने उनको भनाइ छ।

भरतपुर-१० का रामकृष्ण ढकालले यस्ता खालका मेला लाग्नु राम्रो कुरा भएको बताए। उनले यहाँ आएर परिवारसहित तरकारी लगायतका सामान किनेको र अझ दैनिक उपभोग्य वस्तु पनि मेलामा भए थप प्रभावकारी हुने उनको सुझाव छ।

भरतपुुर-११ का प्रकाश सुवेदीले यस्ता खालका मेला आफूले विदेशतिर देखेको र यहाँ मेला लाग्दा विदेशको झल्को आएको बताए। उनले यस्ता खालका मेलालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै आफूले मेला सुरु भएदेखि सधैँ यहाँबाट सामान किनेको जानकारी दिए।

स्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवद्र्धक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागन फ्रुट लगायतका स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकार, स्थानीय उद्योगबाट उत्पादित वस्तु मेलामा राख्ने गरिएको छ। धेरैजसो प्रांगारिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको हो। रासस


प्रकाशित : शनिबार, भदौ २ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend