आइतबार, असोज ६ गते २०८१    
images
images

जनश्रमदान गरेर खुलाइयो अवरुद्ध सालझण्डी-ढोरपाटन सडक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
images
images
जनश्रमदान गरेर खुलाइयो अवरुद्ध सालझण्डी-ढोरपाटन सडक 

सडकको विभिन्न स्थानमा पहिरो जाँदा दैनिक सयौँ स्थानीयवासी र पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले आफूहरुले श्रमदान गरेर हाल सडक सञ्चालनमा ल्याएको नगर उपप्रमुख धनबहादुर कायतको भनाइ छ।

images
images

ढोरपाटन- भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ। उक्त आयोजनाको बुर्तिबाङ-ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो।

images
images
images

अवरुद्ध सडक निर्माण कम्पनीले नखुलाएपछि ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण), वडा नं ७ का अध्यक्ष धनबहादुर अदै, नगरपालिकाका कर्मचारी र स्थानीयवासीले श्रमदान गरी सञ्चालनमा ल्याइएका हुन्। सडकको विभिन्न स्थानमा पहिरो जाँदा दैनिक सयौँ स्थानीयवासी र पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले आफूहरुले श्रमदान गरेर हाल सडक सञ्चालनमा ल्याएको नगर उपप्रमुख कायतको भनाइ छ।

सडकको ट्रयाक खुलेको वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्नु निर्माण कम्पनीको लापरबाही भएको भन्दै नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि काम नगरेको उनले गुनासो गरे।

तीन वर्षभित्र सडक ग्राभेल गर्नेगरी जिम्मा पाएको ओमबुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दा २५ प्रतिशत पनि काम नगरेको र पहिराले अवरुद्ध बनाएको र अप्ठ्यारो स्थानमा यात्रा सहज हुने गरी सडक बनाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि आफूहरुले नै सडक मर्मतमा घन, गैती, बेल्चा लिएर उत्रिएको उपप्रमुख कायतले बताए।

images

उनले भने, 'पहिरोले सडक अवरुद्ध हुँदासमेत निर्माण कम्पनीले काम गर्दैन, सडकभरि यात्रु अलपत्र पर्छन्, निर्माण कम्पनी कहाँ छ थाहा छैन, त्यसले गर्दा हामीहरुले स्थानीयवासीसँग सहकार्य गरेर सडक खुलायौँ।'

सडक अवरुद्ध हुँदा ढोरपाटन सिकार आरक्षको कार्यालय ढोरपाटन उपत्यकादेखि बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा पुग्ने यातायात सञ्चालनमा आएका छन् भने यात्रुहरु आफ्नो गन्तव्यतिर लागेका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १ २०८०१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend