काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा पछिल्लो दशककै न्यून विदेशी लगानी भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी लगानी आएको छ। यो अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले न्यून हो।
आर्थिक वर्ष ७८/७९ मा १९ अर्ब र त्यो अघिको वर्षमा पनि १९ अर्ब नै आएको थियो।
गएको वर्ष कूल ७ अर्ब विदेशी लगानी आएको र १ अर्ब ८० करोड रुपैयाँ लाभांसबाट बाहिरिएपछि खुद विदेशी लगानी जम्मा ५ अर्ब ९६ करोड कायम भएको छ।