काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत मूल्यवृद्धि ७.७४ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको औसत मूल्यवृद्धि ७.७४ प्रतिशत पुगेको हो।
गत वर्ष रेष्टुरेन्ट तथा हो६ल उपसमूहको मूल्यवृद्धि १४.४२ प्रतिशत कायम भएको छ। त्यस्तै मसालको मूल्यवृद्धि १२.५० प्रतिशत पुगेको छ।
खाद्य उपमसूहको भने १०.७० प्रतिशत रहेको छ। स्वास्थ्य सेवाको मूल्यवृद्धि १० प्रतिशत र शिक्षाको पनि ८ प्रतिशत माथि रहेको छ।
क्षेत्रगत हिसाबले काठमाडौंभन्दा तराईमा मूल्यवृद्धि उच्च रहेको छ। राष्ट्र बैंकका अनुसार तराईमा औसत मूल्यवृद्धि ८ प्रतिशत रहेको छ भने काठमाडौंमा ७.५५ प्रतिशत रहेको छ।