आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा, १० महिनाको आयात धान्न पर्याप्त सञ्चिति

शुक्रबार, भदौ १ २०८०
आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा, १० महिनाको आयात धान्न पर्याप्त सञ्चिति

अघिल्लो आर्थिक चालु खाता ६ खर्ब २३ ले घाटामा थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले घटेर ७ अर्ब ५४ करोड रुपैइाँ कायम भएकव छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपालको शोधनान्तरस्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको देखाएको छ। अघिल्लो आर्थिक वर्ष शोधनान्तरस्थिति २ खर्ब ५५ अर्बले घाटामा थियो।

समीक्षा अवधिमा कुल आयात १६.१ प्रतिशत र ब्यापारघाटा १५.५ प्रतिशत घटेकाले शोधनान्तरस्थितिमा सुधार देखिएको हो।

यस्तै गत आर्थिक बिप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भइ १२ खर्ब २० अर्ब आएकाले शोधनान्तरस्थितिमा सुधार देखिएको हो। गत आर्थिक वर्ष चालु खाताघाटा ७२ अर्ब १६ करोड रहेको छ।

अघिल्लो आर्थिक चालु खाता ६ खर्ब २३ ले घाटामा थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले घटेर ७ अर्ब ५४ करोड रुपैइाँ कायम भएकव छ। यस्तै यस अवधिमा वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ। 

समीक्षामा अवधिमा कुल विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष असार मसान्तसम्म १२ अर्ब १५ करोड रुपैयाँ बाराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा गत आर्थिक वर्ष २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब कायम भएको छ।

अमेरिकी डरलमा यस्तो सञ्चिति अघिल्लो आर्थिक वर्षको तुलनामा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग १३ खर्ब ४५ अर्ब र बैंक तथा वित्तीयसँग १  खर्ब ९३ अर्ब रहेको छ। 

उक्त सञ्चितिले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुने राष्ट्रर बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ १ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend