आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कस्तो देखियो सेयर बजारको एक वर्षे चित्र?

शुक्रबार, भदौ १ २०८०
कस्तो देखियो सेयर बजारको एक वर्षे चित्र?

काठमाडौं- गएको आर्थिक वर्षको तथ्यांक हेर्दा सेयर बजार सुधारतर्फ जान धरमर गरिरहेको देखिएको छ। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। नीतिगत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताका लागि अवस्था सुखद नहुँदा पर्ख र हेरकै अवस्थामा रहेका छन्। 

२०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकांक २०८० असार मसान्तमा २०९७.१ कायम भएको थियो। साउन मसान्तसम्ममा भने बजार अझ घटेर २०३३.१३ बिन्दुमा पुगेको छ।

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्।

२०८० असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको देखिन्छ। २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रहेको थियो।

nepse one yaer.jpg

२०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ५४ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १ सय ३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ७९ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ३४ रहेको थियो। 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.४ प्रतिशत रहेको छ। 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ। 

आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण सेयर, १० खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड बराबरको बोनस सेयर, ३५ अर्ब ५९ करोड बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब १३ करोड बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख बराबरको एफपीओ गरी कुल ३ अर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन्। 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। 


प्रकाशित : शुक्रबार, भदौ १ २०८००७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend