काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गएको वर्ष २१ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको थियो।
डलरमा भने रेमिट्यान्स १२ प्रतिशतले बढेर ९ अर्ब ३३ अर्ब भित्रिएको हो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भएको वृद्धि तथा अमेरिकी डलर बलियो हुँदाल रेमिट्यान्समा वृद्धि देखिएको हो।
रेमिट्यान्समा वृद्धि हुँदा भुक्तानी सन्तुलनमा सहयोग पुगेको छ।